साहित्य

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित

इकागज |
भदौ १२, २०८० मंगलबार १०:३१ बजे

काठमाडौँ-  मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ काठमाडौंबाट प्रकाशित भएको छ। उहाँको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो । उक्त स्मृति पुस्तिकामा ५२ जना उहाँका समकालिन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धान्जली लेखहरु लेख्नु भएको छ।

बागलुङमा जन्मे-हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर हुनुहुन्थ्यो। पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गर्नुभएका आचार्यको कालापानी-लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली- "देवदह" प्रतीको देन विर्सन नसकिने छन। आजिवन "सादा जीवन, उच्च विचार" दर्शनवाट प्रेरित उहाँका आत्म-संस्मरणहरुको संगालो पुस्तक "झझल्काहरु" प्रकाशित छ। दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो।



Author

थप समाचार
x