साहित्य

महाकवि देवकोटालाई समर्पित कविता वाचन गरेर मनाइयो जन्मजयन्ति

इकागज |
कात्तिक ८, २०७९ मंगलबार १७:१३ बजे

काठमाडौं– आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ति धुमधामका साथ मनाइएको छ । 

काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ति मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए ।


कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको उल्लेख गरे । उनले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाब्यको रुपमा लिएको पनि स्मरण गराए ।

कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो । तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साँहिला छोराको रुपमा जन्मिएका महाकवि देवकोटा शिक्षामन्त्री समेत बनेका थिए । उनको २०१६ साल भदौं २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा क्यान्सरको कारणले निधन भएको थियो ।  


Author

थप समाचार
x