अनियमितता

ताप्लेजुङकी मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ

इकागज |
बैशाख ११, २०७९ आइतबार १६:३ बजे

काठमाडौैं - डेढ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत पक्राउ परेकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लेखा पनेरु महतलाई पक्राउ गरेको हो ।


फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंशियारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन् ।

फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडिबाट उनलाई आयोगले नियन्त्रणमा लिएकाे हाे ।
 


Author

थप समाचार
x