अनियमितता

घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ परे टोखा मालपोतका खरिदार

इकागज |
बैशाख ४, २०७९ आइतबार १९:५४ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुस सहित पक्राउ गरेको छ ।

मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


उनका अनुसार  जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत २० हजार रुपैयाँ माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई  गएको टोलीले खरिदार विनोद तिवारीलाई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिए । 


Author

थप समाचार
x