अनियमितता

गोदावरी नगरपालिकाका तत्कालीन प्रशासकिय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

इकागज |
चैत ३०, २०७८ बुधबार १८:५ बजे

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा तत्कालीन प्रशासकिय अधिकृत खेमराज विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गोदावरी नगरपालिकाको तत्कालीन प्रशासकिय अधिकृत विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर भएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेकाे हाे । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ ।

अख्तियारले उनीहरुविरुद्ध ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरेकाे छ ।


Author

थप समाचार
x