अनियमितता

कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध अख्तियारले दायर गर्‍यो सर्वोच्चमा पुनरावेदन मुद्दा

इकागज |
पुस २४, २०८० मंगलबार १७:४८ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि मुद्दा दायर गरेको छ । विशेष अदालतले गरेको फैसलामा बिगो र जरिमाना मागदाबी गरिए बमोजिम नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो । 

विशेष अदालतले गत असार ५ गते कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरू उमेश ढकाल र चुडामणि शर्मा ढकाललाई कर फर्छ्यौट आयोगमा रहेर काम गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।


उनीहरूलाई अख्तियारले ११ अर्ब २ करोड ३३ लाख २० हजार ३ सय ८५ बिगो मागदाबी गरे पनि  विशेष अदालतले  ४ अर्ब ८६ करोड ८१ लाख ७५ हजार ३ सय ८० रुपैयाँ बराबरको मात्रै बिगो कायम गरेको भन्दै फैसला त्रुटीपूर्ण भएको अख्तियारले बताएको छ । 

कर फर्छ्यौट कार्य प्रणाली, २०७१ ले उल्लेख गरेको कर निर्धारण तथा फर्छ्यौटका आधारमा कर निर्धारण तथा फर्छ्यौट गरे नगरेको सम्बन्धमा प्रमाणको विश्लेषण नै नगरी विशेष अदालतले फैसला गरेकोले त्रुटीपूर्ण रहेको आयोगको भनाइ छ । 


Author

थप समाचार
x