अनियमितता

घर बनाइसकेको प्रमाणपत्र लिएबापत घुस

इकागज |
असोज १५, २०८० सोमबार २०:२१ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सब-ईन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।


पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।


Author

थप समाचार
x