अनियमितता

सुनसरी मालपोत कार्यालयका नायब सुब्बा र खरिदार १ लाख ५० हजार घुससहित पक्राउ

इकागज |
असोज १२, २०८० शुक्रबार १७:१४ बजे

काठमाडौँ– सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिइरहेकाे अवस्थामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको इटहरीको टोलीले शुक्रबार सुब्बा कटुवाल र खरिदार अधिकारीलाई सेवाग्राहीसँग रकम लिइरहेकाेको अवस्थामा पक्राउ गरेको हो । 


आयोगको टोलीले सेवाग्राहीसँग जग्गा नामसारी गरेवापत घुस माग गरिरहेको भन्ने सूचना का आधारमा उनीहरूलाई  पक्राउ गरेको हो । 

सुब्बा  कटुवाल र खरिदार अधिकारीलाई आयोगले  नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
 


Author

थप समाचार
x