अनियमितता

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

इकागज |
भदौ १३, २०८० बुधबार १९:४५ बजे

फाइल फोटो

काठमाडौँ - दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौँलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिए । सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन् । 


उनले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिए । राहुलले भने आफैँ सिआइबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।
 


Author

थप समाचार
x