अनियमितता

नापी कार्यालय लहानका अमिन घुससहित पक्राउ

इकागज |
भदौ ६, २०८० बुधबार १५:४० बजे

काठमाडौँ–सिराहाको नापी कार्यलयमा कार्यरत अमिन दिपरन्जन यादप घुस रकमसहित पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कार्यलयबाट सेवाग्रहीसँग १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।


 यादवले जग्गा धनीपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएको खुलेको हो । 

आयोगको बर्दिवास कार्यलयबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।


 


Author

थप समाचार
x