अनियमितता

कागेश्वरी मनोहराको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र अध्यक्षलाई भ्रष्टाचार मुद्दा

इकागज |
भदौ ५, २०८० मंगलबार १६:२४ बजे

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धितालले शिक्षक छनोट प्रक्रियामा पेस गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा १६ हजार रुपैयाँ घुस लिएका पुष्टि भएकाले आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  


आयोगले अध्यक्ष थापा र प्रधानाध्यापक बुद्धि बिलास धितालले शिक्षक छनोट प्रक्रियामा पेस गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा १६ हजार घुस लिई लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो बमोजिमको जरिमाना गर्न अदालत समक्ष माग गरेको छ । 
 


Author

थप समाचार
x