अनियमितता

चावहिलका नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
साउन १४, २०८० आइतबार १६:९ बजे

फाइल फोटो

काठमाडौं - काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनी विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।



Author

थप समाचार
x