अनियमितता

झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा

इकागज |
असार २७, २०८० बुधबार १३:२७ बजे

काठमाडौँ– झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन् । 


जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ कि.मि.बाटो बनाउन अनुगमन  नगरी झुट्ठा बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी २२ बाइस लाख नौ हजार आठ सय तेइस रुपैया र पैसा चालीस बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।  

आयोगले दायर झापा गाउँपालिकाका अध्यक्ष  जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना विरुद्ध मुद्दा चलाएको हो ।

आरोपीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र सजाय गर्न आयोगले माग गरेको छ । 
 


Author

थप समाचार
x