अनियमितता

महोत्तरीका दुई लेखापाल अख्तियारको फन्दामा, एक घुस सहित पक्राउ अर्कामाथि मुद्दा दायर

सुभाष कर्ण |
असार २०, २०८० बुधबार २२:२१ बजे

फाइल फोटो

जनकपुरधाम - महोत्तरीमा प्रहरी सहित दुई लेखापाल घुस लिएको आरोपमा अख्तियारको फन्दामा परेका छन् । 
जिल्लाको सम्सी गाउँपालिकाका लेखापा रोशन चौरसिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियालाई कुनै सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोली गाउँपालिकाको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यसैबीच जिप्रका लेखापाल विष्ट विरुद्ध अख्तियारले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x