अनियमितता

घूससहित समातिएका मालपोतका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १७:१० बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका पाँचौ तहका कार्यालय सहयोगीविरुद्ध २ लाख ६१ हजार रुपैयाँ घूस लिएको अभियोग लगाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले बिहीबार कार्यालय सहयोगी होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार दर्ता गरेको हो । आयोगले मोही लगत कट्टा गर्ने निर्णय प्रक्रियामा सहयोग गरेवापत सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घूससहित खतिवडालाई नियन्त्रणमा लिएको थियो । पछि खानतलासी गर्ने क्रममा खतिवडाको झोलाबाट ३ लाख १८ हजार बरामद गरेको थियो ।


आयोगका दाबीअनुसार, आरोपित खतिवडाले बयानका क्रममा लिएको जिकिर र अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा २ लाख ६१ हजार रुपैयाँको स्रोत तथा प्रयोजन पुष्टि भएको भेटिएन । स्रोत खुल्न नसकेको उक्त रकम सेवाग्राहीबाट घुस÷रिसवतवापत जिकीर आयोगको छ ।

आयोगले उक्त रकमका जफतका अतिरिक्त उक्त रकम बमोजिम जरिवाना असूल र कैद माग हुनुपर्ने दाबी लिएको छ । खतिवडा बहालवाला कर्मचारी भएको हुँदा अदालतमा प्रमाणित भएमा आयोगको मागबमोजिमको सजायँका अतिरिक्त पेन्सन पनि गुमाउनुपर्नेछ ।
 


Author

थप समाचार
x