अनियमितता

भ्रष्टाचार गरेको अभियोगमा सिनियर प्लम्बर खुलालविरुद्ध मुद्दा दर्ता

इकागज |
भदौ २९, २०७९ बुधबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घुससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । 


अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो रु पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ । 
 


Author

थप समाचार
x