वार्ता

सन्दर्भ : अगस्त ६

बम खसाल्ने पाइलटका कुरा- २

इकागज |
साउन २४, २०७९ ७:३१ बजे

१९४५ अगष्ट ६ मा विश्वमा पहिलो पटक आणविक बम प्रहार गरिएको थियो । यस घटनालाई आधार मानेर यो दिनलाई हिरोसिमा दिवसको रूपमा सम्झना गर्ने गरिन्छ । दोश्रो विश्वयुद्धको यही बमबारीका कारण अन्त भएको विश्वास गरिन्छ । जापानको हिरोसिमा शहरमा भएको पहिलो आणविक बम प्रहारबाट झण्डै १ लाख ५० हजार मानिसहरूको मृत्यु भएको थियो । लिटिल ब्वाइ नाम दिइएको उक्त परमाणु बम प्रहारको तीन दिनपछि अगष्ट ९ मा अर्को शहर नागासाकीमा पनि फ्याट ब्वाइ नामक आणविक बमको आक्रमण गरिएको थियो । यसमा करिब ७५ हजार मानिसको ज्यान गएको थियो । हिरोसिमामा बम खसाल्ने जहाजका एक पाइलट पल टिबेट्स (Paul Tibbets) ले २००२ मा द गार्जियनलाई दिएको अन्तर्वातामा भनेका छन् । बम खसालेकामा मलाइ कुनै ग्लानि छैन ।  द गार्जियनका स्टुडस टर्केल (Studs Terkel)ले अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताको सुरुवात पलको उमेरको विषयलाई लिएर भएको थियो । २००२ को अगष्ट ६ मा छापिएको अन्तर्वार्ताको नेपाली भावानुवाद भाग- २ अर्जुन अपवादबाट : 

स्टुडस: त्यसो भए तपाँइसँग जहाजमा दिशा पहिल्याउने सहि मानिस थिए ?
पल: जहाजमा बम भएको क्षेत्र अटोपाइलटसँग जोडिएको थियो । बम वर्षा गर्नेहरू कहाँ बम खसाल्ने भनेर नक्सासहित बसेका थिए । यदि बम खसाल्ने बेला ढोका नखुले के गर्ने भनेर हामी चिन्तित पनि थियौं । विमानमा सबै कुराको वैकल्पिक व्यवस्था पनि गरिएको थियो । यसो गर्दा बम समयमै खसाल्न सकिने थियो । जहाजमा भएकाहरू बम खसाल्न प्रयोग हुने सामानहरूका कसरी प्रयोग गर्ने भन्‍ने बारेमा हाम्रो आदेशअनुसार काम गरिरहेका थिए । हामीलाई रेडियो प्रयोग नगर्न भनिएको थियो तर मैले गरें । मैले तिनीहरूलाइ म एक मिनेटदेखि दश सेकेण्डसम्म दश दश सेकेण्डको अन्तरमा गन्ति गर्नेछु र त्यसपछि एक एक सेकेण्डको अन्तरमा गर्छु । यसले तिमीहरूलाई सहि समयमा बम खसाल्न सहयोग गर्छ भने‌ । तिनीहरूले अब के हुँदैछ भन्‍ने थाहा पाए किनकि तिनीहरूलाई हामी कहाँ छौ भन्‍ने थाहा थियो । हामीले काम यसरी नै गर्नुपर्नेथियो र यसैगरी काम भयो । 


सबैजना जहाजमा बसेपछि मैले उनीहरूलाई भनें आज हामी के गर्दैछौं थाहा छ ? उनीहरूले भने अँ हामी आज बमबारी गर्न जाँदैछौं । मैले थपें अँ हामी बमबारीका लागि जाँदैछौं तर यो अलि बिशेष छ । हाम्रो टुकडीको अन्तिममा बस्ने सैनिक बब क्यारोन सतर्क भयो । उसले भन्यो कर्णेल हामी आज परमाणुसँग खेल्ने छैनौं हैन त ? मैले भनें बब हामीले यसलाई भर्खरै पाएका छौं । अनि म अगाडिबाट पछाडि गएँ । त्यहाँ मैले जहाजमा दिशानिर्देश गर्नेहरू, बम खसाल्नेहरू र उडान इञ्जिनियरहरूसँग कुरा गरें । मैले भनें यो अणु बम हो र यसैलाई हामी खसाल्नेछौं । तिनिहरूले यसलाई चाख दिएर सुने तर मैले तिनीहरूका अनुहारमा कुनै परिवर्तन देखिन । यिनीहरू मूर्ख थिएनन् । उनीहरू अचम्ममा परेको चाँही अनुहारमा देखिन्थ्यो। 

हामी विमान उडाएर वम खसाल्ने ठाउँको नजिकै आइपुगेका थियौं । हामी त्यो विन्दुमा पुग्न लागेका थियौं । मैले एक सेकेण्ड भन्‍ने बेला आएको थियो । एक भन्‍ने शब्द मेरो मुखबाट निस्कँदा जहाज अडियो । किनभने १००००lbs को बमको शक्ति अगाडितिर आइपुगेको थियो । म यो मोडमा थिएँ जहाँ मैले आफ्नो उचाइ जहाजको गति र मेरो वरपर भएका सबै कुरा नियन्त्रण गर्नुपर्ने थियो । यसबेला मेरो नाक ठाडो भएको थियो । मैले पुरै आकाश हेरें । सधैं देख्नेजस्तै यो लोभलाग्दो निलो र गुलावी रङ्गको थियो । मेरा लागि यो निकै ठूलो कुरा थियो । 

मानिसहरू भन्छन यो काम कस्तो भो ।' 'गज्जब' म जवाफ दिन्छु । तर यो काम मलाई बाल्यवस्थामा भएको एउटा घटनाजस्तै लाग्छ । जव म बच्चा थिएँ । मेरो दाँतमा प्वाल पर्‍यो र उपचारका लागि दन्त चिकित्सककहाँ गएँ । कपासमा केहि औषधी राखेर दाँतमा राखिदीए । मसँग एक चम्चा बरफ थियो र खाँदा त्यसले दाँतमा छोयो । त्यसले दिने झण्झनाहटले त्यसको स्वादनै हराइदियो । मैले अहिले जाने त्यो कस्तो हुन्छ ।
हामी सबै जाँदै थियौं । हामीलाई रेडियो बन्द गर्न भनिएको थियो । "कुनै छिचरा शब्द नबोल्ने । हामी के गर्दैछौं भने अब जतिसक्दो चाँडो यहाँबाट बाहिर निस्कनेछौ ।" त्यति काम गरेपछि हामी जिम्मेवारी मुक्त हुनेछौं । त्यसपछि  टम फेरेबीले उसको बमवर्षा गर्ने रिपोर्ट भरे र जहाजको दिशा हेर्ने डचले आफ्नो लग भरे । टमले आफ्नो लग भर्दै बोले डच हाम्रो लक्ष्य कुन बेलामा पुरा गर्ने ? डचले उत्तर दिए ९:१५ प्लस १५ सेकेण्ड । फेरेबीले भने " के पाराको काम हत्तेरी १५ सेकेण्ड त यत्तिकै गयो !"

स्टुडस: तपाँइले विष्फोटको आवाज सुन्‍नुभयो ? 
पल: अँ सुनें । विष्फोटनको कम्पन हामी मोडिन लाग्दा हामीसामु आइपुगेको थियो । अन्तिममा बसेको सैनिकले भन्यो यहाँ आइपुग्यो । त्यसबेला उसले भनेको थियो हामीले खरानीमा लात्ती हान्यौं । हामीले जहाजमा बमको कम्पन थाहा पाउन एसिलेरोमिटर जडान गरेका थियौं । यसले कम्पनको नाप २ र G को आधा भएको जानकारी दिएको थियो ।

अर्को दिन हामीले वैज्ञानिकहरूबाट तथ्याङ्क पायौं । उनीहरू यसका बारेमा सबै खालका जानकारी लिएर बसेका थिए । उनीहरूले भने 'बम पड्कँदा तिमीहरूको जहाँज बम खसेको ठाउँबाट १०.५ माइल टाढा थियो ।' 

स्टुडस: तपाँइले च्याउ आकारको बादल देख्नुभयो ?
पल: तपाँइले हरेक प्रकारका च्याउ आकारका बादल देख्नुभएको छ, तर तिनीहरू बमअनुसार फरक फरक हुन्छन् । हिरोसिमाको बमले च्याउजस्तो आकार बनाएन । यसलाइ पत्रकारले मात्र भनेका हुन् ।  यो तुरुन्त माथी आयो । यो नरकजस्तै कालो थियो । यसमा अलिअलि सेतो र खैरो पनि थियो । यसको माथिल्लो भाग पट्याइएको क्रिसमसको रुखजस्तै थियो । 

स्टुडस: तल के भयो होला भन्‍ने लागेन ?
पल: खरानी! मैले यो एक इतिहासकारले भनेजस्तै भयो होला भन्‍ने सोचें । उनले भनेका थिए 'एक माइक्रो सेकेण्डमा हिरोसिमाको अस्तित्व सकिनेछ ।' 

स्टुडस: फर्केर तपाँइले राष्ट्रपति ट्रुम्यान भेट्नुभयो । 
पल: हामी अहिले १९४८ को कुरा गरिरहेका छौं । म पेन्टागन फर्कँदा मैले प्रमूख कार्ल स्पाजबाट केहि जानकारी पाएँ । उनी वायुसेनाका प्रमूख थिए । हामी स्पाजको अफिसमा गयौं । जनरल डुलिटल र कर्नेल डेभ सिलन त्यहाँ थिए । स्पाजले भने मैले राष्ट्रपतिबाट तत्कालै उनको कार्यालयमा आउनु भन्‍ने सुचना पाएको छु । डुलिटल र स्पाज त्यसकै विषयमा कुरा गरिरहेका थिए । यस विषयमा म धेरै बोलिनँ । हामी कारबाट उत्रिएपछि ओभल अफिसतिर अगाडि बढ्यौं । त्यहाँ ट्रुम्यानको हेरबिचार गर्ने एउटा कालो मानिस थियो । उसले भन्यो जनरल स्पाज तपाँइ यो डेस्कतिर फर्कनुहोला । त्यसरी फर्कँदा म स्पाज डुलिटल र सिलेनको दाहिनेतिर परे । सैनिक आदेशअनुसार यो एकदम सहि थियो किनकी स्पाज वरिष्ठ थिए । डुलाइटलाइ उसको देब्रेतिर बस्न भनियो । 

त्यसपछि मलाइ ति मानिसले राष्ट्रपतिको डेस्कभन्दा पछाडीतिर दायापट्टि कुर्सिको व्यवस्था गरे । त्यो राष्ट्रपतिको देब्रे हातको पछाडिपटि पर्थ्यो । हामीलाई कफि दिइयो । हामीले त्यो सक्नै लागेका बेला राष्ट्रपति आइपुगे । हामीले उहाँलाइ सलामी चढायौं । उनले हामीलाइ बस्न भने । अनुहारमा गज्जबको मुस्कानसहित उनले भने जनरल स्पाज म तिमीलाइ पहिलो बायुसेना प्रमूख भएकोमा बधाइ दिन चाहन्छू । यो धेरै लामो समयको कार्यक्रम थिएन । स्पाजले भने धन्यवाद सर यो धेरै ठूलो पुरस्कार हो । म यसका लागि आभार व्यक्त गर्छु । उनले डुलिटललाइ भने त्यो जहाज उडाउनु एकदमै महत्वपूर्ण कुरा थियो । डुलिटलले भने राष्ट्रपति महोदय । त्यो दिनभरको सम्पूर्ण काम थियो । उनले डेभ सिलनतिर हेरेर भने कर्णेल सिलन म तिमीलाइ धन्यवाद दिन चाहन्छु । तिमीले हवाइ क्षेत्रकै लागि बेलैमा सोच्यौ । केहि दिनदेखी नै हामीले यसको आवश्यकता महशुस गरेका थियौं । उसले भन्यो धेरै धेरै धन्यवाद । 

त्यसपछि उनले मलाइ १० सेकेण्डसम्म हेरिरहे । त्यसपछि उनले भने तिमीले के सोच्यौ ? मैले भनें राष्ट्रपति महोदय मलाइ जिम्मा दिएको काम मैले पुरा गरें जस्तो लाग्छ । उनले आफ्नो हात बजाए र भने  तिमीले जे गर्‍यौ त्यो गज्जब भयो । र मैले नै तिमीलाइ पठाएको थिएँ । तिमीलाइ कसैले अप्ठ्यारो पारेका छन् भने मलाइ जानकारी गराउनु ।"

स्टुडस: कसैले तपाईंलाई अप्ठ्यारो पारे ?
पल: अँहँ.

स्टुडस: तपाईंले अहिलेसम्म बम विष्फोटको विषयलाई लिएर केहि सेकेण्ड सोच्नुभयो ?
पल: एक सेकेण्ड सोच्ने? किन  ? अँहँ । हेर्नुस स्टुड्स पहिलो कुरा म अमेरिकन सेनामा थिएँ । त्यहाँ मैले मेरो क्षमताले भ्याएसम्म लड्नुपर्थ्यो । मलाई के लाग्छ भने मैले त्यो गर्नैपर्थ्यो । दोश्रो कुरा मसँग जहाजबारेमा धेरै अनुभव थियो...मैले खाएको जागिरमा यसै गर्नुपर्छ भन्‍ने त थिएन । त्यसो भएको हुँदा मैले यो कामलाई मेरै सोचाइका आधारमा गरें र मलाई यसो गर्नुपर्छ भन्‍ने आदेश आएपछि जुनसुकै बेला मैले त्यो काम गर्नै पर्थ्यो । 

मैले पाएको लक्ष्यका बारेमा मेरो सोचाइ के थियो भने मैले त्यहाँ कुनै पनि खालको गलत गर्नुहुने थिएन । मैले गलत पनि गर्न सक्थें म अनुमान गरिएभन्दा धेरै फटाहा पनि हुन सक्थें । २९ वर्षको उमेरमा म मा गधामा जस्तै विश्वास थियो । मलाई कुनै काम गर्न सक्दिन भन्‍ने नै लाग्दैनथ्यो । यो कुराचाँही जहाज र मानिसहरूमा पनि लागु भयो । त्यसै हुनाले मलाइ कुनै पनि खालको समस्या भएन । हामीले राम्रै काम गरेका थियौं । मैले त्यो सम्झँदा हामीले धेरै मानिसको ज्यान लियौ फेरी यसका कारण धेरैको ज्यान पनि त जोगियो । हामी त्यहाँ(जापान) आक्रमणका लागि जानु हुन्‍नथ्यो । 

स्टुडस: नागासाकीमा दोश्रो अणुबम किन खसालियो ? 
पल: कसैलाई पनि थाहा छैन । अहिलेसम्म कसैले थाहा पाएका छैनन तर मलाई थाहा छ । पहिलो बम खसालियो तर जापानीहरूबाट २/३ दिनसम्म कुनै किसिमको प्रतिक्रिया आएन । दोश्रो खसालियो । अझै २ दिनसम्म कुनै प्रतिक्रिया आएन । त्यसपछि मलाई जनरल कुर्टिस लेमे(प्यासिफिक हवाइ सैन्य प्रमूख)ले फोन गर्नुभयो  र भन्‍नुभयो तिमीले अब अर्कोको तयारी गर्नुपर्‍यो । मैले हुन्छ सर भनें । उहाँले अब कहाँ गर्ने भनेर सोध्नुभयो । मैले उताहमा भनें । उहाँले भन्‍नुभयो ल अब यहाँबाट जाऔं । तिमी र तिम्रो टोली अब उड्नुपर्छ । हुन्छ सर मैले भनें । मैले टोलीलाइ खबर गरें । हामी ट्रिनियान गयौं । जव तिनीहरू क्यालिफोर्नियाको अबतरण गर्ने स्थानमा पुगे युद्ध समाप्त भयो । 

स्टुडस: जनरल लेमेको मनमा तेश्रोको कुरा किन आयो होला ?
पल: कसैलाई थाहा छैन । 

स्टुडस: एउटा कुरा । सेप्टेम्बर ११ पछि मानिसहरू हाइड्रोजन बमका बारेमा कुरा गर्न लागेका छन् । तपाईंलाई के लाग्छ ? 
पल: यसलाइ यसरी कुरा गरौं । यी आतङ्कबादीहरूका बारेमा मलाई तपाईंको जति पनि जानकारी छैन । जव तिनीहरूले ट्रेड सेन्टरमा बम पड्काए मलाई के भैरहेको छ भन्‍नेमा विश्वास भएन । हामीले शत्रुहरूसँग धेरै ठाउँमा लडाँइ गरेका छौं । त्यसमा हामीलाई शत्रुहरू को हुन र कहाँ छन् भन्‍ने थाहा हुन्थ्यो । यी मान्छेहरू को हुन र कहाँका हुन् भन्‍ने हामीलाई थाहा छैन । यो कुराले मलाई दिग्दार बनाउँछ । किनभने तिनीहरूले अझै आक्रमण गर्न सक्छन् । यसका लागि तयारी गरिराख्नुपर्ने हुन्छ । यस्तो कामले नाटकिय रुपमा ध्वंस गर्छ । तिनीहरूले यो काम आफ्नो उपयुक्त समयमा गर्छन् । हामीले यिनीहरूलाइ नष्ट गर्नका लागि उपयुक्त अबस्था सिर्जना गर्नुपर्छ । यो काम तिनीहरूलाई अदालतमा लाने खालको होइन । हामीले तिनीहरूका लागि ५ सेकेण्ड पनि खर्च गर्नुहुन्‍न ।   

स्टुडस: बमका बारेमा के भन्‍नुहुन्छ ? आइन्सटाइन बम पड्केपछि विश्व फेरिन्छ भन्थे ?
पल: त्यो ठीक हो । यो फेरिन्छ । 

स्टुडस: ओपेनहाइमरलाई यो थाहा थियो ?
पल: ओपेनहाइमर वितिसके । उनले विश्वका लागि केहि गरेका थिए तर मानिसहरूले बुझेनन् । यो स्वतन्त्र विश्व हो । 

स्टुडस: जब तपाईंले मानिसहरूले तपाँइहरूलाई नै बम हान्‍नुपर्छ भनेको सुन्‍नुभो । तपाईंलाइ के लाग्यो ?
पल: अँ, यसो भन्‍नेलाई कुनै हिच्किचाहट विना म उडाइदिन्थें । निर्दोश मानिसहरू युद्दको समयमा मार्नु पर्नेहुन्छ । तर हामीले विश्वभरी नै कहिल्यै त्यस्ता युद्ध लडेनौं जहाँ विपक्षले निर्दोशको हत्या गरेको छैन । पत्रिकाले काम नलाग्ने कुरा गर्छन् । तिमीले धेरै नागरिक मार्‍यौ भन्छन् । निर्दोषहरूको ज्यान जानु भनेको समय परिस्थितको कुरा हो ।  

स्टुडस: इनोला गे को खास नाम ८२ नम्बर थियो । त्यो जहाँजमा आफ्नो नाम राख्दा आमाको भनाइ के थियो ? 
पल: म तपाँइलाइ बुबाले के भने भन्‍ने कुरामात्र बताउँछु । मेरी आमा कुनै राम्रो वा नराम्रो कुरा हुँदा पनि आफ्नो भाव परिवर्तन गर्नुहुन्थेन । जव उहाँ फुरुङ्ग हुनुहुन्थ्यो उहाँको पेट हल्लन्थ्यो । मलाई मेरो बुबाले भन्‍नुभएको थियो कि जव मियामीमा टेलीफोन बज्यो आमा पहिले शान्त हुनुभयो । त्यसपछि यो कुरा रेडियोमा बज्यो उहाँले भन्‍नुभयो तिमीले आमाको हल्लिरहेको पेट देख्नैपर्थ्यो । 

(भावानुवाद : अर्जुन अपवाद)

र, यो पनि


Author

थप समाचार
ad
x