बीमा

सुर्यज्योतीको एक्चुरियल कार्य सम्बन्धी अन्तरक्रिया सकियो

इकागज |
पुस ६, २०८० शुक्रबार १४:१९ बजे

काठमाडौँ- सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपाल (ASN)को उपस्थितिमा हालै पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा बीमा कम्पनीहरूको एक्चुरियल कार्य सम्बन्धी एक दिनको “Actuaries for Tomorrow” शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरूलाई बीमाङ्की तथा अन्य बीमा सम्बन्धी प्राविधिक कार्यहरू अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो ।


नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्न जस्ता अन्य प्राविधिक कार्यहरू गर्नको लागि कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरू भएमा प्रभावकारी हुने र भोलिको दिनमा Risk Based Capital, IFRS 17  जस्ता अन्य कार्यक्रमहरू कम्पनीमा सञ्‍चालन गर्नको लागि एक्चुरियल सम्बन्धी कर्मचारीहरू कम्पनीभित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए । 

सो कार्यक्रममा हसन वोद्रिनो स्कटद्वारा आफ्नो छोटो प्रस्तुती राखेका थिए । जसमा अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरू सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरूमा Risk Based Capital, IFRS 17 जस्ता कार्यक्रमहरू कार्यन्वयन गर्दा देखिएको चुनौतिहरू तथा अनुभवको बारेमा जानकारी दिए । सो कार्यक्रमको विशेष अतिथिको रुपमा बीमा प्राधिकरणका निर्देशक पुजन ढुगेल, सुशिल सुवेदी र बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाको उपस्थिति थियो । 
 
सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमा नै एक्चुरीहरूको विकास भएमा मात्रै बीमा क्षेत्रको विकास हुने र सो विकासको लागि कम्पनीबाट सक्दो सहयोग गरिने भनाई राखेका थिए । बीमा प्राधिकरणका निर्देशक सुशिल सुवेदीद्वारा नेपालमा एक्चुरीहरूको अभाव रहेको, नेपालमा नै एक्चुरी सम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमा नै एक्चुरीहरूको उत्पादन तथा विकास गर्न सकिने र नेपालमा नै यस पेशाको आकर्षण बढ्दै जानेमा आफू विश्वस्त रहेको बताए ।

यसै सन्दर्भमा प्राधिकरणका निर्देशक पुजन ढुंगेलद्वारा नेपालभित्र नै एक्चुरीहरूको उत्पादान तथा करियर विकासको लागि बीमा प्राधिकरणबाट आवश्यक सहयोगको लागि तयार रहेको बताए । अन्तमा बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाद्वारा कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको कुरा व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनको लागि सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा कम्पनीको एक्चुरि हसन वोद्रिनो स्कटालाई धन्यवाद व्यक्त गरे ।


 


Author

थप समाचार
x