पूर्वाधार

राणाकालमै चल्थ्यो मातातीर्थ-टेकु रेल

इकागज |
असार ३, २०८१ सोमबार ११:५८ बजे

फोटो : अनुज बज्राचार्य

काठमाडौँ - काठमाडौँमा राणाकालमा नै रेल चल्थ्यो भन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर विभिन्न अभिलेखहरूले यो कुरालाई पुष्टि गरेको छ । राणाकालमा मातातीर्थ हुँदै टेकुसम्म करिब ९ किलोमिटर रेलमार्गको निर्माण गरेर रेल चल्ने गर्थ्यो । 

सुरुमा रेलका डिब्बालाई मानिसले तान्ने गर्थे । पछि गोरुले तान्न थालेको र केही वर्षपछि इन्जिनले नै तान्न थालेको विभिन्न अभिलेखमा पाइन्छ । चन्द्रागिरी नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूका अनुसार राणा प्रधानमन्त्री श्री ३ भीम शमशेरको पालामा सो रेलमार्ग बनेको थियो । स्थानीयवासीहरू सो रेललाई ‘ट्रली’ भन्ने गर्थे । 


 २०७२ सम्मपनि विष्णुदेवी (नैकाप) स्थित बल्खु खोलामा पुरानो फलामे पुल थियो । त्यो पुल मातातीर्थबाट आउने रेल पार गर्नका लागि बनाइएको थियो । पछि त्यो ऐतिहासिक पुल भत्काइयो । 

भीमशमशेरको पालामा १९८८ मा निर्माण भएको प्रष्टसँग उल्लिखित पुलको अभिलेख चन्द्रागिरि १५ को वडा कार्यालयमा सुरक्षित राखेको वडाध्यक्ष घन श्‍याम लुइटेलले जानकारी दिए ।

खासमा चन्द्र शमशेरको पालामा निर्माण गरिएको ढोरसिङ–मातातीर्थ रोपवेले ल्याउने सामान मातातीर्थबाट टेकुसम्म ल्याउन त्यो रेलमार्ग निर्माण गरिएको थियो । 

मातातीर्थबाट आउने रेलमार्ग टेकुस्थित बागमती र विष्णुमतीको दोभानसम्म थियो मातातीर्थ–टेकु भन्सारसम्मको रेलमार्ग दुई भागमा विभाजित थियो । पहिलो भाग मातातीर्थ–बल्खु (हाल भाटभटेनी सुपरमार्केट भन्दा माथिको भाग) सम्म थियो । दोस्रो भाग बल्खु–टेकु भन्सारसम्मको थियो । 

र, यो पनि

‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]

१३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

संरक्षणको पर्खाइमा नेपालको छुकछुके रेल

काठमाडौँ उपत्यकामा हुने धार्मिक जात्राले मेट्रो रेलको डिपिआर रद्द

पूर्व-पश्चिम रेल बन्‍न करिब ५ सय वर्ष लाग्‍ने

रेल विभागको दशौँ महानिर्देशक बने अजयकुमार मुल

 

 


Author

थप समाचार
x