पूर्वाधार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

इकागज |
बैशाख ३, २०८१ सोमबार २१:३७ बजे

काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

सोमबार निरीक्षण भ्रमणको क्रममा मन्त्री उप्रेतीले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गरेका थिए ।


भ्रमण दलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाह, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी लगायत आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x