पूर्वाधार

काठमाडौँको पुरानो बानेश्वरमा मेलम्चीको पाइप फुटेर पानी 'लिक' [फोटो/भिडियो]

इकागज |
चैत २९, २०८० बिहीबार १२:३७ बजे

काठमाडौँ - मेलम्चीको पानीको पाइप फुटेर पुनः पानी लिक भएको छ । काठमाडौँको पुरानो बानेश्वरमा पाइप फुटेर पानी लिक भएको हो । स्थानीय संगम श्रेष्ठले सडक निर्माण गर्ने क्रममा सडक भासिँदा पाइप लिक भएको जानकारी दिए । 


'सडक कालोपत्रेको काम हुन लागेको थियो, एक्कासि सडक भासिएर ठूलो खाल्डो भयो', उनले भने, ,मेलम्चीको पानीको पाइप पनि फुटेर लिक भयो ।,

आज लिक भएको पाइपको मर्मत कार्य भइरहेको छ । गत शुक्रबार मैतीदेवीमा पनि मेलम्चीको पानीको पाइप फुटेर फोहोरा छुटेको थियो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतको तार भूमिगत गर्ने क्रममा पाइप फुटेको थियो । 

मेलम्चीको पानी काठमाडौँमा वितरण सुरु भएपनि विभिन्न समस्या देखा परेको छ । कहिले सिन्धुपाल्चोकको तेम्बाथानमा पहिरोले असर गर्छ भने कहिले काठमाडौँमा विभिन्न निर्माण कार्य गर्दा क्षति भएर पानी चुहिने गरेको छ ।

यो पनि हेर्नुहाेस् 

मैतीदेवीमा मेलम्चीको पानीको पाइप फुट्यो [फोटो/भिडियो]


Author

थप समाचार
x