पूर्वाधार

नागढुङ्गा–मुग्लिन सडक विस्तारको काम एक वर्षमा पाँच प्रतिशत मात्रै

इकागज |
माघ ४, २०८० बिहीबार १३:५५ बजे

फाइल तस्बिर

काठमाडौँ - नागढुङ्गा–मुग्लिन सडक विस्तारको काम अत्यन्त न्यून देखिएको छ । 

विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडक खण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो ।


१ वर्षमा १५ प्रतिशत काम पुरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उक्त विस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसंग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको इन्जिनियर आचार्यले बताए । 

उक्त सडकको पश्चिम खण्ड मलेखु देखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडक २ लेनको भनिएपनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो । उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ । 


Author

थप समाचार
x