पूर्वाधार

पूर्वपश्चिम राजमार्ग : काम तीव्र गर्न निर्माण कम्पनीलाई देवचुलीका नगरप्रमुखको ध्यानाकर्षण

इकागज |
असार १०, २०८० आइतबार १४:० बजे

देवचुली । पूर्व पश्चिम राजमार्गको सडक निर्माणप्रति देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले चासो राखेका छन् । शनिबार निर्माण कम्पनी र एडिबीका प्रतिनिधिलाई कार्यालयमा बोलाई निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।

नगरप्रमुख न्यौपानेले बाटोको कामलाई तीव्रता दिनुपर्ने, वर्षाको कारणले बाटोमा हुने खाल्डाखुल्डी साथै हिलोको व्यवस्थापनका लागि तत्कालै काम गर्न ध्यानाकर्षण गराएका हुन् । वर्षातको समयमा देवचुली खण्डमा सर्वसाधारणलाई यात्रा गर्दा बाटो अवरोध नहुने गरि व्यवस्थापन गर्न उनले आग्रह गरे ।


निर्माण कम्पनीका प्रतिनिधिले देवचुली खण्डमा भएका खाल्डाखुल्डी पुर्ने र बाटो अवरोध नहुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । देवचुलीको रजहर क्षेत्रबाट सडकमा कालोपत्रेको काम सुरु गरिएको बताउँदै देवचुली खण्डमा प्राथमिकता दिई काम गर्ने उनीहरूले बताए ।


Author

थप समाचार
x