घटना-दुर्घटना

कलंकीमा माटो बोकेको ट्रिफर दुर्घटना

इकागज |
जेठ ८, २०८१ मंगलबार १२:३५ बजे

काठमाडौँ- कलंकीमा ब्रेक फेल हुँदा ट्रिफर दुर्घटनामा परेको छ । आज बिहान ना ३ ख ३४० नम्बरको ट्रिफर दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटनामा परेको ट्रिफर दुर्घना हुँदा पार्किङ गरिराखेको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको कलंकी ट्राफिक पोष्टका इन्चार्ज देवेन्द्र मल्लले जानकारी दिए ।   

उनका अनुसार बा.०२३ प ८४४७ नम्बरको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । ट्रिफर चालक ३२ वर्षीय रामकृष्ण परियार हुन् । कुनै पनि मानवीय क्षति भएको छैन । ट्रिफर ब्याक आएर दुर्घटना भएको हो । पुलको दायाँ साइडमा दुर्घटना भएको हो ।


‘माटो ल्याएर उकालोमा ट्रिफर पार्किङ गरेर राखिएको रहेछ,’ उनले भने,’ चालकले मापसे गरेका थिए । कालीमाटी वृत्तमा थप अनुसन्धानका लागि लगिएको छ ।‘


Author

थप समाचार
x