घटना-दुर्घटना

नेपालगञ्‍ज कारागारका एक कैदीको मृत्यु

इकागज |
चैत २१, २०८० बुधबार १६:५६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपालगञ्ज कारागारका एक जना थुनुवा (कैदी)को आज बिहान मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको  मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले इकागजलाई जानकारी दिए । 'हृदयघातका कारण मृत्यु भएको हुन सक्छ,' उनले भने ।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि भेरी अस्पतालमा पुर्‍याइएको थियो । उनलाई लगतै चिकित्सकले मृत घोषणा गरेका हुन् ।


मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएको उनले बताए । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।


Author

थप समाचार
x