घटना-दुर्घटना

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

इकागज |
जेठ २१, २०८० आइतवार १९:१४ बजे

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते भएकाहरूलाई उद्धार गरी रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।


Author

थप समाचार
x