घटना-दुर्घटना

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

इकागज |
जेठ १९, २०८० शुक्रवार २०:५९ बजे

जुम्ला- जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

मृतक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ ।


दुर्घटनापश्चात फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x