घटना-दुर्घटना

दैलेखमा सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

इकागज |
चैत ८, २०७९ बुधबार १२:६ बजे

सुर्खेत - दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते छन् । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए । दुर्घटनामा परी उनीहरूको घटनास्थलमै ज्यान गएको हो


गाडीमा चार जना सवार थिए । घाइते प्रकाश कुँमाईले प्रहरीलाई जानकारी दिए अनुसार चालक कृष्ण चौधरी र दुई जना कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको ज्यान गएको छ । ‘मृतकहरूको आधिकारिक रूपमा सनाखत हुन बाँकी छ’ डिएसपी लम्सालले भने, ‘मृतकहरू नेपालगञ्जका रहेको बुझिएको , उनीहरूका आफन्तहरू आउन बाँकी छ ।’


Author

थप समाचार
x