घटना-दुर्घटना

दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु

इकागज |
माघ २५, २०७९ बुधवार १७:१८ बजे

दार्चुला- दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु भएको छ । दार्चुला खलंगा बजारनजिक महाकाली नदीमा बगिरहेका ७० वर्षीय बिरसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका-२ पनौडा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए । 


जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्धलाई जिल्ला अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

वृद्ध कसरी महाकालीमा बगे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


Author

थप समाचार
x