स्वास्थ्य

डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो, भोलि अनसन तोड्ने

इकागज |
पुस १, २०८० आइतबार २०:४ बजे

फाइल तस्बिर

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भोलि अनसन तोड्ने भएका हुन् ।

गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन् ।


डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइन चढाउन खोजिएकोमा आफूले नमानेकाे उनले बताए । डा. केसी आजदेखि शौचालय जान नसक्ने अवस्थामा पुगेका छन् ।

उनले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१औं अनसन सुरु गरेका छन् ।


Author

थप समाचार
x