स्वास्थ्य

स्वास्थ्यमन्त्रीकाे ठाडाे आदेशमा हटाइए वीरका निर्देशक डा. सन्ताेष पौडेल

इकागज |
मंसिर १५, २०८० शुक्रबार १७:२४ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाएका छन् । 

मन्त्री बस्नेतले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाएकाे मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले इकागजलाई जानकारी दिए ।


डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाइएको उनले बताए ।

दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झण्डै १५ महिना बाँकी छ । 

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।


Author

थप समाचार
x