स्वास्थ्य

भेरी अस्पतालले भन्योः अस्पतालमा भीडभाड नगर्नू, संक्रमण बढ्छ

इकागज |
कात्तिक १९, २०८० आइतबार १४:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- भेरी अस्पतालले भूकम्पबाट घाइतेलाई भेटन समय तालिका सार्वजनिक गरेको छ । आइतबार अस्पतालले सूचना गरी उपचाररत घाइतेलाई भेट्दा संक्रमण रोगको जोखिम बढ्ने भएकाले बिहान र बेलुकाको समय तालिका सार्वजनिक गरेको हो ।

अस्पतालका अनुसार बिरामीलाई बिहान ८ देखि ९ र साँझ ४ देखि ५ बजेसम्म भेट्न पाइन्छ । सञ्चारकर्मीका लागि अस्पताल अगाडिको ह्वाइट बोर्डमा अपडेट सूचना जानकारी राखिएको छ ।


‘बिरामी कुरुवा बाहेकका स्वास्थ्य लाभको कामना गर्ने र शुभ चिन्तकको निरन्तर भेटघाट तथा भीडभाडले घाइतेहरूमा संक्रमण बढ्ने जोखिम रहेको अस्पतालले जनाएको छ । बिरामीमा संक्रमण हुने र अन्य रोगको जोखिम बढ्ने भएकाले बिरामीको कुरुवा र परिवारका सदस्यका लागि समय तय गरिएको छ,’ अस्पतालले भनेको छ ।

हाल अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ । जाजरकोट लामीडाँडामा शुक्रबार गएको ६.४ रेक्टरको भूकम्पले १५७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १७० जना घाइते भएका छन् ।

 


Author

थप समाचार
x