स्वास्थ्य

डब्लुएचओको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित

इकागज |
कात्तिक १५, २०८० बुधबार १३:३८ बजे

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एशिया (सेरो) को क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित भएकी छन् ।

बंगलादेशका तर्फबाट उम्मेदवार बनेकी उनले नेपालका तर्फबाट उम्मेदवार बनेका डा.शम्भु आचार्यलाई पराजित गरेकी हुन् । आज भएको निर्वाचनमा वाजेदले ८ मत प्राप्त गरिन् । नेपालका डाक्टर आचार्यले २ मत प्राप्त गरेका थिए ।


कुल १० मत  खसेको थियो । निर्वाचित क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।

 


Author

थप समाचार
x