स्वास्थ्य

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

इकागज |
भदौ ३१, २०८० आइतबार ६:४१ बजे

फाइल तस्बिर

काठमाडौं- आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । 

देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । 


हेटौंडामा चिकित्सक कुटिएपछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणवद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।

संघका अनुसार गत भदौ २७ गते डा विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

संघका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडि सारेको छ ।


Author

थप समाचार
x