स्वास्थ्य

सिकलसेल ऐनिमिया रोगको बारेमा अभिमुखीकरण

इकागज |
फागुन २७, २०७९ शनिबार २१:४७ बजे

कैलाली - थारु समुदायमा भयाभह रुपमा रहेको बंशानुगत रोग सिकलसेल ऐनिमिया रोगको बारेमा अभिमुखिकरण गर्ने उद्देश्यले धनगढीमा भएको चिकित्सकहरुको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

शनिबार बिहान देखि शुरु भएको सम्मेलनमा धनगढी, नेपालगंज, टीकापुर, महेन्द्रनगर र काठमाण्डौ र भारतका आमन्त्रित बिशेषज्ञ चिकित्सक गरि १ सय भन्दा बढी चिकित्सकको सहभागी रहेको आयोजक सोसाईटी अफ ईन्टरनल मेडिसन अफ नेपाल (साईमन) का केन्द्रीय सदस्य तथा वरिष्ठ फिजिसियन डाक्टर शुभेस राज कायस्थले बताए । उनले सम्मेलनमा बिशेषज्ञहरुले विभिन्न १६ वटा बिषयगत कार्यपत्र प्रस्तुत गरेको जानकारी दिए ।


बंशानुगत रोग सिकलसेलले बहु अंगमा प्रभाव पार्ने र बिरामीको विभिन्न अंगमा पारेको प्रभाव अनुसारको अलग अलग लक्षण देखिने भएकाले सिकलसेलको पहिचान गर्न कठिनाई हुने गरेको चिकित्सकहरुले बताएका छन 

बिरामीको पहिचान र बिरामीको उपचार सहज होस भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको डाक्टर कायश्थले बताए। अभिमुखिकरणले विभिन्न ठाउँमा कार्यरत चिकित्सकले सिकलसेलको रोगका बिरामीको पहिचान गर्न सकेर उनीहरुको उपचार समयमै हुने उनको भनाई छ। 

सुदूरपश्चिमका थारु समुदायमा सिकलसेल रोग बढ्दै गएको बताउँदै डाक्टर कायश्थले रोग नियन्त्रण र रोकथामका लागी प्रभावकारी निती र विधी हुन नसक्दा यो रोगले विकराल रुप लिन सक्ने भन्दै यसतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए । 

करिव १० बर्ष यतामात्र चर्चा पाएको सिकलसेल एनिमियाका बिरामी कति छन भनेर एकिन तथ्यांक नभएपनि करिव ५ बर्ष अघि बर्दियामा २० हजार व्यक्तिमा गरिएको एक सर्भेले ११ प्रतिशतमा सिकलसेल एनिमिया देखिएको चिकित्सक कायस्थले बताए। मलेरिया रोग लाग्ने क्षेत्रमा बसेका आदिवासीमा यो रोग देखिएको हो । मलेरियासँग प्रतिरोध गर्न शरिरमा प्रतिरोध प्रणाली बन्ने क्रममा खराब भएर हसिया आकारको रातो रक्त कोष बनेको र यहि बिग्रेको रातो रक्त कोष छिटो टुक्रिएर रक्त अल्पता हुने डाक्टर कायश्थ बताउँछन ।

कैलालीमा सेती प्रादेशिक अस्पतालमा ८ सय ३६, घोडाघोडी अस्पतालमा ३ सय ६१ र टिकापुर अस्पतालमा १ गरि १ हजार १ सय ९८ र कंचनपुरको महाकाली अस्पतालमा ८ गरि सुदूरपश्चिममा १ हजार २ सय ६ सिकलसेल एनिमियाका बिरामीहरुले उपचार गराईरहेका छन।


Author

थप समाचार
x