स्वास्थ्य

कर्णालीमा ‘एक विद्यालय-एक स्वास्थ्यकर्मी’

इकागज |
जेठ २०, २०७९ शुक्रबार १३:८ बजे

फाइल तस्वीर/इकागज

जाजरकोट - कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो । सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ । माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए ।    
    
पहिलो चरणमा १०० माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उनले बताए। विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उनले सुनाए ।    
प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १०३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र ११० र बर्थिङ सेन्टर ३१८ छन् । त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३६१ र आयुर्वेद अस्पताल/केन्द्र १८ छन् । यसअघि वागमती प्रदेशले यस्ताे अवधारणा ल्याइ कार्यान्वयन गरेकाे थियाे । जुन सफल भएकाे थियाे ।



Author

थप समाचार
x