खाडी

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

इकागज |
कात्तिक १५, २०८० बुधबार १५:४१ बजे

काठमाडौँओमनमा भिजिट भिसामा पुगेकाले काम गर्न नपाउने भएका छन् । ओमनस्थित नेपाली दूतावासका अनुसार अक्टोबर ३१ देखि पर्यटक भिसामा पुगेकाले कामदारको भिसाको रुपमा परिवर्तन गर्न नपाउने भएका हुन् ।

 पर्यटक भिसामा ओमन पुर्‍याएर कसैले काम लगाइदिन्छु भन्ने प्रलोभनमा नपर्न पारेका भए त्यस्तो लोभमा नपर्न दूतावासले आग्रह गरेको छ ।


‘कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछु भनेर गलत आश्वासन दिएको भए समयमै सचेत हुन र सम्बन्धित सबैको लागि दूतावास अनुरोध गर्दछ,’ दूतावासले भनेको छ ।


Author

थप समाचार
x