सरकार

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र यादव नियुक्त

इकागज |
असार ७, २०८१ शुक्रबार २०:५९ बजे

काठमाडौँ- सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।


यस्तै प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको पनि उनले बताए । 

बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको कानुनमन्त्री गिरीले जानकारी दिए ।


Author

थप समाचार
x