सरकार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

इकागज |
जेठ ११, २०८१ शुक्रबार १०:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्‌मा जारी गतिरोधबारे जिज्ञासा राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्‌मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिएका थिए । 



Author

थप समाचार
x