सरकार

अर्थ सचिवमा मरासिनीलाई सरुवा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

इकागज |
बैशाख १०, २०८१ सोमबार १२:४७ बजे

काठमाडौँ- सरकारले अर्थ सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतबाट सफाइ पाएर र आएकाले अर्थ सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी बताइन् । गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।



Author

थप समाचार
x