सरकार

सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन सकेन : कानुन मन्त्री गिरी

इकागज |
चैत ९, २०८० शुक्रबार १२:३१ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधानले समानुपातिक सहभागिता रहने व्यवस्था गरेपनि सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन नसकेको बताए । महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै गिरीले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले कानुन बनाउन दिएको निर्देशनात्मक आदेशअनुसार कानुन बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।


सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या र चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिइन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा  सुरु भएको सम्मेलन शनिबार घोषणापत्र जारी गर्दै सम्पन्न हुने बताइएको छ । 


Author

थप समाचार
x