सरकार

वन विनाश रोकेर विकासमा ध्यान दिन्छु : नवनियुक्त मन्त्री साह

इकागज |
फागुन २७, २०८० आइतबार १४:५५ बजे

काठमाडौँ- नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पद बहाली गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पद बहाली गरेका हुन् । पदबहालीपछि मन्त्री सुडीले वन विनाश रोकेर वनको विकासमा ध्यान दिने बताए ।


वनको धनी नेपालमा विदेशबाट काठ ल्याउनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले वन क्षेत्रको विकास हुन नसके मुलुकको समृद्ध हुन नसक्ने जिकिर गरे ।

पद बहाली गर्दै मन्त्री सुडीले वन मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x