सरकार

मन्त्री किरातीले सरकारी निवास छोड्दै भने : पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु

इकागज |
फागुन २२, २०८० मंगलबार १७:९ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किरातीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्बिर पोस्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।'

‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो,' उनले आफ्नी आमाको भनाइ उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।


४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले यो अवसर प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु,' आफू र आफ्नो टिमले सकेको कोसिस गरेको भन्दै उनले भनेका छन् । सत्य यो रहेछ कि भौतिक मृत्युमाथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।'

 

 

 


Author

थप समाचार
x