सरकार

जनसंख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छ : मन्त्री यादव

इकागज |
पुस ५, २०८० बिहीबार १४:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसंख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।​

बिहीबार काठमाडौँमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने जिकिर गरे । उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्ने कुरामा काम गरिरहेको उल्लेख गरे ।


सबै क्षेत्रको विकास जनसंख्या र भूगोलका आधारमा हुनुपर्ने उनको भनाइ छ । उनले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनै पनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताए ।

अध्यक्ष ढुंगानाले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुने बताए । 


Author

थप समाचार
x