सरकार

दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

इकागज |
मंसिर २०, २०८० बुधबार १३:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताए । उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताए । उनले युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताए ।


‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरूलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरू बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईहरू कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ' उनले भने 'क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनबाट हरेक तपाईहरूको एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’

उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरूरी रहेको बताए ।


Author

थप समाचार
x