सरकार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

इकागज |
जेठ २०, २०८० शनिबार १८:४१ बजे

फाइल फोटो

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी भएको छ । 

चार दिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर भन्दै सिनामंगल अगाडि केही व्यक्तिले नाराबाजी गरेका हुन् ।


नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाराबाजी गर्नेहरू नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x