सरकार

'प्रेम गर्न नजान्नेले देश चलाउन सक्दैन'

किराती भन्छन्- मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ, हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने

इकागज |
चैत १३, २०७९ सोमवार ११:४७ बजे

फाइल तस्बिर

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कामको चापले फुर्सद नै नहुने गुनासो गरेका हुन् ।

मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो उनको भनाइ छ।


‘यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्यामा समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला,' उनले भने ।

'ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिदा उठाएर हिँडिहाल्नुपर्ने’ मन्त्री किरातीले भने ।


Author

थप समाचार
x