सरकार

यातायात कार्यालय पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सोधे- तपाईंहरूको समस्या के-के छन् ? (तस्बिरहरू)

इकागज |
पुस १९, २०७९ मंगलबार १२:२४ बजे

सेवाग्राहीको गुनासो सुन्दै मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सचिवालय

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठले मंगलबार अनुगमन गरेका हुन् ।


यातायात कार्यालयमा सेवाग्राहीले गुनासो गरेपछि मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् । कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीसँग समस्याबारे जानकारी लिएका थिए । त्यस्तै मन्त्री श्रेष्ठले लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीसँग तपाईंहरूको समस्या के-के छन् भनेर सोधेका थिए ।

एकान्तकुनाको अनुगमनपछि मन्त्री श्रेष्ठले ठूलो भर्‍याङ र गुर्जुधाराको यातायात कार्यालयको अनुगमनमा निस्किएका छन् ।

उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिएका छन् । सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । कहिँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले बताए ।


Author

थप समाचार
x