सुशासन

रिगल ढकाल पक्राउ

इकागज |
कात्तिक १६, २०८० बिहीबार १७:४ बजे

बुटवल - अदालतको आदेश लगत्तै प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ।

सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए ।


रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।


Author

थप समाचार
x