फुटबल

यूरो कपः स्विट्जरल्यान्डको विजयी सुरुवात

इकागज |
असार १, २०८१ शनिबार २०:४१ बजे

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगितामा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।

समूह 'ए' अन्तर्गत शनिबार राति भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।


स्विट्जरल्यान्डको जितमा क्वाडो डुवा, मिचेल अबिस्चर र ब्रिल इम्बोलोले एक-एक गोल गरे । हंगेरीका लागि बर्नाबास भार्गाले एक गोल फर्काए ।

क्वाडोले १२ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए भने मिचेलले ४५ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

हंगेरीका बर्नाबासले ६६ औँ मिनेटमा एक गोल फर्काए पनि टिमलाई खेलमा भने फर्काउन सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा स्विट्जरल्यान्डका ब्रिलले टिमका लागि तेस्रो गोल गरे ।

यसै समूहअन्तर्गत शनिबार बिहान भएको खेलमा आयोजक जर्मनीले स्कटल्यान्डलाई ५-१ गोलले हराएको थियो ।


Author

थप समाचार
x